ग्रीन गोल्ड सुपर प्रांगारिक मल : एक परिचय
कृषिको आधुनिकीकरण संगै शुरु भएको कृतिम रासायनिक मल र विषादीको प्रयोगले तत्काल बाली उत्पादनमा केहि बृद्धि भए पनि यसको निरन्तर र अनियन्त्रित प्रयोजनले गर्दा केवल मानव स्वास्थ्य र वाताबरणमा मात्र नभई कृषि उत्पादन तथा निर्यातका साथै जल, जमिन र जैविक विविधतामा समेत प्रतिकूल प्रभाव पारिरहेको कुरा सर्बविदितै छ. यसको बिकल्पको रूपमा प्रांगारिक खेति सहितको दिगो कृषि प्रणालीको अवलम्बन गर्नु अत्यावश्यक भई सकेको छ. यहि आबश्यकतालाई मध्यनजर गरेर ग्रीन गोल्ड इन्टरनेसनल प्रा.लि. काठमाडौँले ग्रीन गोल्ड सुपर प्रांगारिक मल उत्पादन गरी बजारमा ल्याएको छ.
ग्रीन गोल्ड सुपर प्रांगारिक मल :
ग्रीन गोल्ड इन्टरनेसनल प्रा.लि.ले जानकारी दिए अनुसार ग्रीन गोल्ड सुपर प्रांगारिक मल प्रांगारिक खेति, दिगो कृषि तथा कृषि जैविक प्रविधिको क्षेत्रमा लामो समयदेखि अनुसन्धान र उत्पादनमा संलग्न वैज्ञानिक तथा प्राविधिज्ञहरुको प्रत्यक्ष संलग्नतामा अन्तरास्ट्रिय स्तरको अत्याधुनिक र पर्यायवरणीय जापानी प्रविधिबाट तयार गरिएको पूर्ण रूपले जैविक प्रांगारिक मल हो.
यो मल सुक्ष्म जीवाणु युक्त जैविक मल, जैविक विषादी तथा प्राकृतिक रूपले प्राप्त हुने बिभिन्न प्रांगारिक, बानास्पतिक तथा जैविक पदार्थहरु एवं समुद्री बनस्पतिबाट प्राप्त हुने प्रोटिन तथा इन्जाइमहरुलाई जैविक प्रविधि (Biotechnology)द्वारा परिस्कृत गरी नेपालमा नै पहिलो पटक तयार गरिएको दानादार जैविक प्रांगारिक मल हो.
बजारमा उपलब्ध अरु प्रांगारिक मल भन्दा ग्रीन गोल्ड प्रांगारिक मलमा के भिन्नता छ भन्ने हाम्रो जिज्ञासाको जवाफमा कम्पनीका अध्यक्ष श्री बिष्णु बहादुर भण्डारीले बताए अनुसार प्रांगारिक पदार्थ र तिनबाट प्राप्त हुने बिरुवाका खाध्यतत्वहरुको साथ साथै यो मलमा हावाबाट नाइट्रोजन स्थिरीकरण गर्ने जीवाणुहरु (Nitrogen Fixing Bacteria), फस्फोरस र पोटासियमलाई घुलनशील बनाउने सुक्ष्म जीवाणुहरु (Phosphorus and Potassium Solubilizing Mirco-organisms), विभिन्न रोग र किराहरु नियन्त्रण गर्ने जीवाणुहरु (Microbial Pesticides),का साथै विभिन्न बहुउपयोगी सुक्ष्म जीवाणुहरु समेत अत्यधिक संख्यामा समावेश गरिएकोले यो मलले जैविक मल (Biofertilizer) र जैविक विषादी (Biopesticides)को काम समेत गर्छ. त्यसैले यो मल अन्य साधारण प्रांगारिक मल भन्दा भिन्न र फाइदाजनक छ. यो मलको प्रयोगबाट एकातर्फ कृतिम रासायनिक र विषादी प्रयोग नगरिकनै प्रांगारिक (Organic) तरिकाले अन्न, तरकारी, फलफूल, पूष्प, चिया, कफी, उखु र नगदेबालीहरु तथा जडिबुटी उत्पादन गर्न सकिन्छ.
प्रांगारिक तरिकाले उत्पादित कृषिजन्य बस्तुहरुलाई उच्च मूल्यमा विदेश निर्यात गरी विदेशी मूद्रा आर्जन गर्न सकिन्छ भने अर्कोतर्फ कृतिम रासायनिक मल र विषादीको आयातलाई समेत प्रतिस्थापन गर्न सकिन्छ. प्रांगारिक तरीकाले उत्पादित कृषि जन्य वस्तुहरुलाई उच्च मुल्यमा विदेश निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भने अर्कोतर्फ कृतिम रासायनिक मल र विषादीको आयातलाई समेत प्रतिस्थापन गर्न सकिन्छ .
उहाँका अनुसार यो मलले माटोको भोतिक तथा जेविक सरचनामा सुधार ल्याउनुको साथे माटोका लाभकारी सुक्ष्म जीवाणुहरु, गडयौला र भ्यागुता जस्ता माटोमा रहने मित्रजीवहरू र तिनको जैविक गतिविधिमा तीव्रता प्रदान गरी माटोलाई जिवन्त बनाई राख्छ. यसले कृतिम रासायनिक मल र विषादीले जस्तो माटो, हावापानी, वातावरण र जैविक विविधतामा कुनै नकरात्मक असर नगर्ने भएकोले यो मल पर्यावरणय (Eco-Friendly) छ. त्यसैले यो मल प्रगारिक खेती र दिगो कृषिकोलागी अत्युत्तम मल हो भनेर कम्पनी दावी गरेको छ.
बिगत ३ वर्षदेखि लगातार ग्रीन गोल्ड सुपर प्रांगारिक मल प्रयोग गर्दै आइरहेका थानकोट-८, काठमाडौँका व्यावसायिक किसान श्री टोप बहादुर खड्का भन्नुहुन्छः "ग्रीन गोल्ड सुपर प्रांगारिक मल हालेर काउली लगाउँदा आफ्नो खेतमा क्लब रुट (जरामा गाँठा पर्ने रोग) को समस्या कम भएको बताउनु हुन्छ. काउली पनि अत्यन्तै स्वादिलो भएकोले आफुले बजार भाउ भन्दा प्रति किलो करीब ५-१० रुपयाँ ज्यादा मूल्य पाउने गरेको बताउनु हुन्छ. उहाँ काउलीको बीउ समेत आफै उत्पादन गर्नुहुन्छ."
त्यसरी नै मल प्रयोग गर्दे आइरहेको केवलपुर-८,धादिंडका व्यसायिक किसान श्री श्याम आचार्य भनुहुन्छ : "हामीले पहिले १ रोपनी अदुवामा सबै मिलाएर करीब ७५ किलो सम्म रसायनिक मल हाल्थ्यौं. यसले गर्दा हाम्रो ठाउँमा ८०-८५ प्रतिशत सम्म अदूवा कुहिएर खतम हुन थाल्यो. अहिले बीउ उपचार गर्ने र रासायनिक मल नहाली घरमा उपलब्ध गाईबस्तुको मल र ग्रीन गोल्ड सुपर प्राँगारिक मल हाल्न थालेपछि मेरो अदुवा ५-१० प्रतिशत मात्रै कुहियो. त्यसरी नै मेरो भन्टा र प्लाष्टिक घरमा लगाएको गोलभेडा पनि गाउँका सबैले तारिफ गर्न लायक थियो. प्राँगारिक काउली काटेपछि काँक्रा लगाई काँक्राको बीचमा मकै लगाउँदा हरेक बोटमा २-२ घोगा लागेको देख्दा मानिसहरु छक्क परे .प्रगारिक रुपमा खेति गर्न थालेपछि मेरो तरकारी मा उत्पादन लागत कटाएर आउने नाफामा वृद्धि भएको छ .आजभोली मैले केही सुक्ष्म खाधतत्वहरु वाहेक रासायनिक मल हाल्न छाडिदिएँ''.
हेटौडाको औद्धोगिक क्षेत्रमा रहेको इन्भायरोप्लास्ट नामक उद्धोगका व्यवस्थापक श्री लेखनाथ अधिकारी आफूले करेसाबारीमा लगाएको मकैमा ग्रीन गोल्ड सुपर प्रागारिक मल हालेपछि मकैमा लामो लामो घोगा लागोको र मकैको स्वाद एकदमै राम्रो भएको बताउनु हुन्छ. थानकोट-८, काठमाडौँको किसान श्री राममान गोपालीले पनि आफुले यो प्रांगारिक मल हालेर १ रोपनि जमीनमा लगाएको मकैमा अधिकांशका २-२ घोगा लागेको र मकै सहे स्वादिलो भएको अनुभव सुनाउनु हुन्छ .
घोराही दाङ्गका सामाजिक कार्यकर्ता श्रीमती शान्ति चौधरी, सम्झना बजार, बाँकेका मजदूर नेता श्री चन्द्र चौधरी, एभरेष्ट बचत तथा ऋण सहकारी लि., बाँकेका अध्यक्ष श्री देव बहादुर केसी, सगुन बचत तथा ॠण सहकारी संस्था, बगनाह-१, बर्दियाका व्यवस्थापक श्री ललित चौधरी र सेउली बजार, कैलालीका श्री अनन्त श्रीनिवासले पनि मिल्दा जुल्दा अनुभवहरु सुनाउनु हुन्छ. कोर्बाङ्गझिम्पे-१, सल्यानका सामाजिक कार्यकर्ता श्री हरि केसीले पनि प्रांगारिक खेती एक बृहद बिषय भएकोले शुरुमा केही समस्या र जटिलताहरु भए पनि स्वाधिन कृषि अर्थतन्त्रको निर्माणमा प्रांगारिक खेतीमा बिकल्प नभएको बताउनु हुन्छ.
ग्रीन गोल्ड सुपर प्रांगारिक मलका थप विशेषताहरु
१) ग्रीन गोल्ड सुपर प्रांगारिक मलमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्यल्सियम, म्याग्नेसियम, सल्फर, जिंक, बोरोन, फलाम र तामा सहित बिरुवालाई आबश्यक पर्ने सबै १६ तत्वहरु समुचित मात्रामा पोषणशील अबस्थामा उपलब्ध छन्, जसलाई बिरुवाले सजिलैसँग लिन र उपयोग गर्न सक्दछ .
२) यो मलमा समावेश गरिएका सुक्ष्म जिवाणुहरुले अक्जीन (Auxin), साइटोकाइनिन(Cytokinin), जिब्रलिक एसिड (Gibberlic Acid) जस्ता हर्मोन तथा विभिन्न इन्जाईमहरु उत्पादन गर्न हुनाले यसले बिरुवाको जरा, काण्ड, पात, फूल तथा बृद्धि र विकासमा मद्दत पुर्याउनुका साथै अन्न, तरकारी, फलफूल, नगदेबाली, जडीबुटी र पुष्प उत्पादनमा गुणात्मक एवं मात्रात्मक रुपमा नै बृद्धि हुन्छ.
३) नर्सरी ब्याड राख्दा यो मल प्रयोग गरेमा नर्सरीका बेर्नाहरू स्वस्थ, बलिया र रोग प्रतिरोधात्मक क्षमताले भरिपूर्ण हुन्छन् .
४) यसको प्रयोगले गमला र नर्सरीमा धेरै फूलहरु फुल्दछन्. फूलहरुमा अत्यधिक चमक र सुगंध आउँछ. साथै फूलहरु लामो समयसम्म ओइलाउँदैनन् .
५) यसले माटोबाट उत्पन्न रोग र कीराहरुको जैविक नियन्त्रण (Biological control) मा मद्दत गर्दछ.
६) यसको प्रयोगबाट उत्पादित अन्न, तरकारी, फलफूल, तथा नगदेबालीहरु ताजा, स्वादिष्ट, पोष्टिक, स्वस्थकर, आकर्षक तथा बजारयोग्य हुन्छन्.
७) यसले माटोको अम्लीयपना ( Acidity), विषाक्तता (Toxicity) र कठोरतामा कमी ल्याँउछ. साथै माटोको वायुसंचार (Air-Circulation), जलधारण क्षमता (Water Holding Capacity) र उर्वराशक्तिमा ( Soil Fertilitiy ) वृद्धि गर्दछ.
८) यसले माटोलाई थप प्रांगारिक पदार्थ (Organic matter) र जिवांश (humus) प्रदान गर्नुको साथै माटोको कार्बन, नाइट्रोजन अनुपात (C:N ratio) मा सन्तुलन कायम गरी माटोबाट खाद्धतत्व लिने बिरुवाहरु क्षमता (Cation exchange capacity) अभिबृद्धि गर्दछ .
९) यसले अत्यधिक सुख्खा, खडेरी, वर्षा, जाडो र गर्मी जस्ता बातावरणीय असन्तुलन, रोग कीराको प्रकोप र बाली(फल, फूल तथा तरकारी ) टिप्दा लाग्ने घाउ –चोटपटक तथा विषादीको प्रयोजनबाट बिरुवालाई पर्ने घातक असर (Stress) संग लड्ने प्रतिरोधात्मक शक्तिमा वृद्धि गर्देछ.
१०) यसका साथै, कृषि उत्पादनमा वृद्धि हुने भएकाले आम्दानी बढ्छ, पटक पटक रासायनिक मल र विषादी प्रयोग गर्ने नपर्ने भएकोले सोको खर्च,ज्यामी खर्च र समग्र उत्पादन लागत घट्छ. यसरी सस्तोमा उत्पादन गर्न सकिंदा बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ र बजार मुल्य कम हुँदा समेत घाटा बेहोर्नु पर्दैन भन्ने कम्पनीको दावी छ. त्यसैले, ग्रीन गोल्ड सुपर प्रांगारिक मल व्यावसायिक किसानहरुकोलागी सर्वपक्षीय ढंगले श्रेष्ठ मल हुन पुगेको छ.
ग्रीन गोल्ड सुपर प्रांगारिक मल प्रयोग गर्ने तरिका :
१) धान, गहुँ, मकै, जै, कोदो ,फापर,धैया ,उवा, जुनेलो जस्ता अन्न्बालिहरु, तेलबाली,दाल बाली र घाँसे बालिमा १२-१५ के.जी. प्रति रोपनी अर्थात ८-१० केजी प्रति कठ्ठाका दरले बाली लागउने समयमा एकनास संग छर्ने.
२) अदूवा, बेसार जस्ता मसला बाली, उखुबाली र अलैचीमा १५-३० केजी प्रति रोपनीका दरले बाली लगाउने (वा लाइन बनाउने) समयमा एकनास संग छर्ने.
३) काउली, बन्दा, रायो, मूला, गाजर, गोलभेंडा, भन्टा, रामतोरिया, खुर्सानी जस्ता तरकारी बालीमा ३०-५० ग्राम प्रतिबोट.
